中国签证申请服务中心
加德满都

अनलाइन चिनियाँ भिसा आवेदन सम्बन्धी केही स्पष्टिकरणहरू।

२०२५ जुन २५ मा, नेपालस्थित चिनियाँ राजदूतावासले आधिकारिक रूपमा चिनियाँ भिसाको लागि अनलाइन आवेदन प्रणाली सुरु गरेको छ। केही आवेदकहरूले उठाएका समस्याहरू सम्बन्धमा यहाँ स्पष्टिकरण प्रस्तुत गरिएको छ।

 

१.भिसाप्रक्रियाअवधिसम्बन्धी:

चिनियाँभिसाआवेदनकोप्रक्रियाअवधिअझैपनि२४कार्यदिननैहो, योसमयआवेदकलेआफ्नोराहदानीरअन्यआवश्यककागजातहरूकाठमाडौंस्थितचिनियाँभिसाआवेदनसेवाकेन्द्र (CVASC) माव्यक्तिगतरूपमाबुझाएकोदिनदेखिगणनागरिन्छ।

कृपया ध्यान दिनुहोस् कि आवेदकहरूले सबै कागजातहरू सर्वप्रथम अनलाइन (https://www.visaforchina.cn/KTM3_EN/qianzhengyewu) मार्फत प्रारम्भिक समीक्षा लागि पेश गर्नुपर्नेछ। केवल "Visa Application Certificate"सम्बन्धी सूचनासहितको इमेल प्राप्त भएपछि मात्र तपाईंहरूले चिनियाँ भिसा आवेदन सेवा केन्द्र (CVASC) मा उपस्थित भई औपचारिक भिसा आवेदन प्रक्रियामा प्रवेश गर्न सक्नुहुन्छ

 

२.अनलाइन आवेदन कागजात समीक्षा अवधि सम्बन्धमा:

राजदूतावासलेआवेदनहरूको प्रक्रिया अनलाइनमा पेश गरिएको क्रम/अनुक्रमअनुसार गर्दछ,आवेदककोचीनयात्रामितिअनुसारहोइन।अतः अत्यावश्यक यात्रा योजना भएका आवेदकहरूलाई सल्लाह दिइन्छ कि उनीहरूले इन्टरनेट जडित ल्यापटप, पासपोर्ट तथा अन्य आवश्यक कागजातहरू साथमा लिएर चिनियाँ भिसा आवेदन सेवा केन्द्र (CVASC) मा उपस्थित भइ प्राथमिकता समीक्षा (priority review) का लागि अनुरोध गर्नसक्नुहुन्छ
CVASC ले तपाईंको अनुरोधका आधारमा प्राथमिकता समीक्षा गर्नेछ। यदि आवेदन त्रुटिरहित र पूर्ण भएको पुष्टि भएमा,आवेदन सोही दिन औपचारिक समीक्षा प्रक्रियामा प्रवेश गर्न सक्छ।

तर, यदि अनलाइनमार्फत पेश गरिएका कागजातहरू अपूरा छन् वा कुनै त्रुटि भएको पाइएमा, CVASC ले सो आवेदन अस्वीकृत गर्नेछ। त्यस अवस्थामा आवेदकले कागजातहरू सुधार अथवा पूरक गरी पुनः पेश गर्नुपर्नेछ, जसले गर्दा सम्पूर्ण समीक्षा प्रक्रियाको समय अवधि थप लम्बिन सक्छ।

 

३.नेपाल बाहिरबाट चिनियाँ भिसा आवेदन गर्ने सम्बन्धमा:

प्रचलितनियमअनुसार, राजदूतावासलेनेपालभित्रउपस्थितव्यक्तिहरूकोमात्रभिसाआवेदनस्वीकारगर्दछ।

तर, योग्य तेस्रो देशका आवेदकहरूको सहुलियतको लागि, उनीहरूलेनेपालप्रवेशगर्नुअघिअनलाइनआवेदनकालागिप्रारम्भिकसमीक्षागर्नसक्नेछन्।

नेपालप्रवेशगरेपछि, उनीहरूलेआफ्नोवैधनेपालीभिसारप्रवेशस्ट्याम्पपनिअनलाइनमार्फतअपलोडगर्नुपर्नेछ।

 

४.आवेदन कागजातमा सामान्य त्रुटिहरू मुख्य रूपमा निम्नानुसार हुन्छन्:

  • अपलोड गरिएका कागजातहरू अस्पष्ट हुनु (जस्तै, पासपोर्टको डाटा पृष्ठको धुम्मिलो फोटो, चमक, पढ्न नसकिने अक्षरहरू)
  • आवेदन फारममा गलत वा अपूरा जानकारी (जस्तै, पेशा, शैक्षिक विवरण)
  • निमन्त्रणा पत्रको नाम सूचीमा आवेदकको नाम नभएको वा दिइएको जानकारी पासपोर्टको जानकारीसँग मेल नखाने।
  • पर्यटक समूह निमन्त्रणा पत्रमा उल्लेखित निमन्त्रणा दिने इकाइ र यात्रा कार्यक्रम जारी गर्ने इकाइ मेल नखाने।
  • यात्रा कार्यक्रम अपलोड नगरेको वा यात्रा कार्यक्रम र उडान टिकट/होटल बुकिङमा मितिहरू मिलेन।
  • समूह भिसा (Group Visa) र व्यक्तिगत भिसा (Individual Visa) मध्ये गलत विकल्प चयन गर्नु।
 

आवेदकहरूलाई हार्दिक अनुरोध छ कि अनलाइन आवेदन पेश गरेपछि आफ्नो इमेल नियमित रूपमा परिक्षण गरी इमेलमार्फत प्राप्त हुने सूचनाहरू अनुसार आवश्यक परेमा आवेदन फारममा शीघ्र संशोधन गरी वा पूरक कागजातहरू समयमै पेश गरी समीक्षा प्रक्रियामा ढिलाइ हुनबाट बचाउन पहल गर्नुहुन अनुरोध गरिन्छ।

 

उपरोक्तजानकारीतपाईंहरूकोजानकारीकालागिप्रकाशनगरिएकोहो।

सबैआवेदकहरूकोसमझदारीरसहकार्यप्रतिहामीआभारव्यक्तगर्दछौं।

 

चिनियाँराजदूतावास,नेपाल

२०२५जुलाई१२